काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।
संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।
Comment