बिल गेट्स अमेरिकाको अर्बपति भएपनि अमेरिकामा उहाँ भन्दा सफल मान्छेहरु धेरै छन् जसबाट उहाँ आफ्नो ब्यापार सम्बन्धि धेरै कुराहरु सिक्न सक्छन् र त्यहिँ सफल व्यक्तिहरुमा एक जना पर्छन् उहाँको अर्बपति साथी वारेन बफेट |
बिल गेट्सले वारेन बफेटबाट आफ्नो व्यापारमा सहयोग गर्ने धेरै कुराहरु सिके, ती हुन् :
१. व्यापार चलाउने ढांचा :
जब गेट्स बफेटसंग भेटेका थिए तब उनको मुख्य लक्ष्य शेयरमा लगानी गर्ने थियो | बफेट आफ्नो व्यापारमा हुने दैनिक विकासलाई नहेरिकन समग्र विकासलाई हेर्ने गर्थे | उहाँको व्यापार चलाउने ढांचा अरु ब्यापारीहरुको भन्दा फरक थियो | उहाँले भन्नु हुन्थ्यो, “एउटा शेयरधारकले जहिले पनि व्यापार आफ्नै हो भन्ने सोच राख्दै व्यापारलाई कसरी भविष्यमा नाफा ल्याउन सकिन्छ भनेर काम गर्नु पर्छ |”
२. शेयरधारकहरुसंग इमानदारी :
बफेट जहिले पनि आफ्नो शेयरधारकहरुसंग इमान्दारी र खुल्ला रुपमा प्रस्तुत हुनुहुन्छ | आफ्नो व्यापार सम्बन्धिको हरेक कुराहरुलाई खुलेर भन्ने गर्छन् जस्तै शेयरसंग सम्बन्धित कुराहरु होस् या धनी मान्छे हरुलाई बदी कर तिर्न लगाउनु पर्ने कुराहोस्, सबै कुराहरु खुलेर भन्छन् |
३. समयको मान गर्ने :
बफेटले आफ्नो समयलाई एकदमै मान गर्छन् | आफ्नो समयलाई कहिले पनि ब्यर्थ खेर जान दिदैनन् | आफ्नो महत्त्वपूर्ण मान्छेहरुको फोन कल आउँदा आफै कुरा गर्ने गर्नु हुन्छ | आफुलाई जुन कुरा बदी महत्त्व छ त्यहिँ कुराको लागि पहिला समय निकालनु हुन्छन् |
Comment