नयाँ स्टक एक्सचेन्ज दिने नदिनेबारे अध्ययन समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ स्टक एक्सचेन्ज दिने नदिनेबारे अध्ययन समिति गठन



काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचेञ्जको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिवाकोटीको नेतृत्वमा तीन सदस्यीय समिति गठनको निर्णय भएको जानकारी दिइन् ।

समितिलाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहेको नरहेको विषयमा अध्ययन गर्दै प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । धितोपत्र बोर्डले गत वर्ष असोजमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो । तर, पछि सर्वोच्च अदालतले बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि यसअघि आवेदन खुलाएको थियो । तर, सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा परेपछि केही समय रोकिएको थियो । पछि सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्ने बाटो खुलेको थियो ।

तर, २०८० बैशाखमा मन्त्रिपरिषद् बैठकले तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो । सेबोनले पनि नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरू संकलन गरिसकेको थियो । सरकारले पुनः समिति गठन गरेर यो प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार १६:२६