निफ्राको ‘लक इन’ अवधि कहिले सकिदैछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको ‘लक इन’ अवधि कहिले सकिदैछ ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संस्थापक सेयरधनीहरुको ‘लक इन’ अवधि फागुन २३ गते समाप्त हुने भएको छ। ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’मा रहेको छ। फागुन २३ पश्चात यी सेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १० माघ २०८०, बुधबार ११:००