चौधरीको पोल्टामा हिरो,ज्योति समूहबाट खोसियो आधिकारिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

चौधरीको पोल्टामा हिरो,ज्योति समूहबाट खोसियो आधिकारिकता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ । हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सञ्चालनमा ल्याउने भएका छन् ।

मार्च २०२४ भित्रै अर्थात २०८०को चैत्र १८ गतेसम्म नेपालमा हिरो बाइक तथा स्कूटर एसेम्बल थालिने चौधरी ग्रुपले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । एसेम्बल प्लान्ट नवलपुर जिल्ला राखिनेछ । यसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरु उत्साहित बनेको बताए ।

उनले नेपाल आफूहरुका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताए । उनले नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरुको विश्वस्त रहेको बताए ।साथै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताए ।

यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता ज्योति समूह (रुप ज्योति) को एनजीएम कम्पनी थियो । करिब ४० वर्षपछि हिरो आधिकारिक बिक्रेताबाट अब ज्योति समूह बाहिरिएको छ । हिरो मोटोकर्पले एनजीएमसँग सम्झौता नवीकरण गर्न नमानेपछि चौधरी समूहको हातमा गएको हो ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार ०७:५६ 23 January, 2024 7:56 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।