अब ब्लू क्रस हस्पिटलमा आइजीआई प्रुडेन्सियलका बीमितले नगद रहित सेवा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अब ब्लू क्रस हस्पिटलमा आइजीआई प्रुडेन्सियलका बीमितले नगद रहित सेवा पाउने



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लू क्रस हस्पिटल प्रालि बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र ब्लू कस हस्पिटलका निर्देशक लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ब्लू क्रस हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्यले ब्लू क्रस हस्पिटलले आफ्ना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेकाे बताएका छन् ।

त्यस्तै, उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १७:५४