सेबोनको निमित्त अध्यक्षमा नवराज अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेबोनको निमित्त अध्यक्षमा नवराज अधिकारी नियुक्त



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा. नबराज अधिकारीलाई दिएको छ । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । उनले नीतिगत निर्णय भने गर्न पाउने छैनन् ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १७:१९