६ महिनामा २ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंकको कस्तो छ वित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

६ महिनामा २ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंकको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा २ अर्ब नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २६.५७ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल संचालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको संचालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।

सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) पनि झण्डै ७ रुपैयाँले घटेर ११ रुपैयाँ ३१ पैसा कायम भएको छ । यता, प्रतिसेयर आम्दानी पनि १५७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

प्रकाशित : ७ माघ २०८०, आईतवार ०७:५९