काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँमा २८ लाख पाँच हजार ७५० कित्ता आइपीओ प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गर्नेछ ।
Comment