स्वास्थ्य बीमा गरेकाले अब उपचारको १० प्रतिशत रकम आफै तिर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य बीमा गरेकाले अब उपचारको १० प्रतिशत रकम आफै तिर्नुपर्ने



काठमाडौं । सरकारले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू गरेको छ । अब स्वास्थ्य बीमा अन्तरगतको सुविधा उपभोग गर्दा बिमित नागरिकले बिलको १० प्रतिशत रकम आफै तिर्नुपर्नेछ ।

उपचार गर्दा १० हजारको बिल आएमा बीमितले १ हजार रुपैयाँ तिर्नुपर्छ । स्वास्थ्य बीमामा औषधी उपचार बापत एक राख रुपैयाँसम्मको सुविधा पाइन्छ । सेवा प्रदायक स्वास्थ्य संस्था, नागरिक र सरोकारवालाहरूलाई जबाफदेही र सचेत बनाउन यो नीति ल्याइएको हो ।

बोर्डका अनुसार अस्पतालबाट प्रदान गरिने बहिरङ्ग, अन्तरङ्ग, निन्दात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनर्स्थापना सेवा लिँदा सह भुक्तानी प्रणाली लागू हुनेछ । तर, लक्षित वर्गको बीमितलाई यो व्यवस्था लागू हुँदैन । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका सरकारी अस्पतालमा यो लागू नहुने बोर्डले जनाएको छ ।

आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा पनि यो व्यवस्था लागू हुँदैन । नेपाल सरकारद्वारा निस्शुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरूमा पनि यो व्यवस्था लागू नहुने बताइएको छ ।

यस्तै, यस मामिलामा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीबाट लिइएको १० प्रतिशत रकमको बिल वा भर्पाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ । बाँकी ९० प्रतिशत रकम भुक्तानीका लागि नियमानुसार स्वास्थ्य बीमा बोर्डमा दाबी गर्नुपर्ने छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १६:४०