नेपाल इन्फ्रास्टक्चर बैंककाे सीईओ खतिवडाले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्फ्रास्टक्चर बैंककाे सीईओ खतिवडाले दिए राजीनामा



काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले सीईओ पदको करारलाई निरन्तरता दिन नसकेको भन्दै कम्पनीबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामालाई पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । त्यस्तै, सोही बैठकले अर्को व्यवस्था नभएसम्को लागि बैंकका नायब महाप्रबन्धक सूर्य बहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मा दिएको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १२:२२