सेयर बजार ३१.६२ अंकले उकालाे लाग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ३१.६२ अंकले उकालाे लाग्याे



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज बजार ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको हाे। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३५ प्रतिशत बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ३० करोडको सेयर खरिदबिक्री भएको बजारमा आ ३१४ कम्पनीको पाँच अर्ब ४५ करोड रुपैयाँ बराबरको एक करोड ६६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा जलविद्युत कम्पनीमा सेयरधनीको आकर्षण बढेको छ ।आज जलविद्युत समूहको उपसूचक ४.५८ प्रतिशत, बैंकिङ ०.४७, विकास बैंक १.२४, वित्त १.५५, लगानी १.२४, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स १.९६, अन्य समूहको उपसूचक १.९६ प्रतिशतले बढेको छ ।

आइतबार ११ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको मेगा म्युचुअल फण्ड १ को सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पनि २४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १५:४२