आईपीओ निष्काशन प्रस्ताव पारित गर्न नेपाल ब्राेडकास्टीङ्ग च्यानलले डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपीओ निष्काशन प्रस्ताव पारित गर्न नेपाल ब्राेडकास्टीङ्ग च्यानलले डाक्यो साधारणसभा



काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी माघ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा विहान १० वजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ । यस्तै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक समिति गठन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ । हाल कम्पनीले न्यूज २४ टिभी तथा अनलाइन सञ्चालन गरिरहेको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १२:३०