बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित



काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिले नयाँ नेतृत्व चयन गरेकाे छ। शनिबार राजधानीमा सम्पन्न समितिको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षमा ३२ सदस्यीय कार्यसमितिको चयन गरेको हो । अध्यक्ष अधिकारी निर्विरोध चयन भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ ढकाललाई चयन गरेको छ । समितिको उपाध्यक्षमा सात जना चयन गरिएको छ । उपाध्यक्षमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बञ्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारीलाल चौलागई, देवी प्रसाद जैसी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, सचिवमा तेजमणी शर्मा, सहसचिवमा यदुनन्द भण्डारी र गीता कार्की काफ्ले, कोषाध्यक्षमा बिमला ढकाल र सहकोषाध्यक्षमा लिला अधिकारी चयन भएका हुन् । त्यस्तै, निर्वाचित अन्य सदस्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा बिष्ट, नरेन्द्र प्रसाद जोशी, राज कुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोबिन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी रहेका छन् ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १६:३५