बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति



काठमाडौं। नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ। बैंकले पुस १९ गते बोर्डबाट हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो।

बैंकले १स्१ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो। योसँगै बैंकले छिट्टै २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।

प्रति कित्ता १०० रुपैयाँका दरले सो हकप्रद सेयरको निष्कासन तथा बिक्री गरिने छ। बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। बैंकले २०७९ भदौ ९ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो।

प्रकाशित : २२ पुष २०८०, आईतवार १२:२१