एनआइसी एसिया बैंककाे बाेनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआइसी एसिया बैंककाे बाेनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआइसी एसिया बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको २९ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार ११:१२