पोलिसी सरेण्डर गर्ने बीमितको खातामा ६ महिनाभित्र रकम जम्मा गर्न प्राधिकरणलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोलिसी सरेण्डर गर्ने बीमितको खातामा ६ महिनाभित्र रकम जम्मा गर्न प्राधिकरणलाई निर्देशन



काठमाडौं । तीन वर्षभित्रै सरेन्डर भएका बीमितहरुको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क २५ प्रतिशतमा नबढ्ने गरी लिई बाँकी रकम सम्बन्धित बीमितहरुलाई फिर्ता गराउन लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले समर्पण मूल्यको रुपमा तीन महिनाभित्र सम्बन्धित बीमितको खातामा जम्मा गरी समितिलाई जानकारी गर्नरगराउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

हाल सर्वसाधारणहरुले बीमाको प्रीमियम नियमित रुपमा तिर्न नसकी बीमा छोडेको अवस्थामा समर्पण मूल्य पनि प्राप्त गर्न सकेका छैनन् । प्रीमियम रकम तिर्न नसकेर बीमा सरेण्डर गर्नेको संख्या अधिक छ ।

सरेन्डर बीमा वापतको रकमबाट राज्यले पनि लाभ प्राप्त नगरिरहेकोले र बीमितको हकहित पनि संरक्षण हुन नसकेको ठहर गर्दै समितिले प्राधिकरणलाई उक्त निर्देशन दिएको हो

प्रकाशित : १२ पुष २०८०, बिहीबार १७:४१