हाइड्रोको ऋण चुक्ता नहुन्जेलसम्म संस्थापक लगानीकर्ताले सबै सेयर बेच्न नपाउने व्यवस्था गर्न बोर्डलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाइड्रोको ऋण चुक्ता नहुन्जेलसम्म संस्थापक लगानीकर्ताले सबै सेयर बेच्न नपाउने व्यवस्था गर्न बोर्डलाई निर्देशन



काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम रहने गरी व्यवस्थापन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

जलविद्युत लगायतका आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताको लागि तीन वर्षको लकइन अवधि राखिएतापनि त्यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिंदै आधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ शेयर बिक्री गरी बाहिरिने क्रमले आयोजना निर्माण नै प्रभावित हुनुका साथै प्रतिफल समेत दिन नसकेको देखिएकोले यो निर्देशन दिइएको समितिले जनाएको छ ।

प्रकाशित : १२ पुष २०८०, बिहीबार १७:२७