नेप्से परिसूचक सामान्य अंक घट्याे, काराेबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंक घट्याे, काराेबार रकममा पनि गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १.९३ अंक घटेर २०६८.९० विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३०३ कम्पनीको ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर कारोबार भएको छ।

आज भिजन लुम्बिनी उर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ्ग र मुक्तिनाथ कृषि कम्पनी, वेयर हाउजिङ्ग र तारागाउँ रिजेन्सीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै, आज धौलागिरी लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १२ पुष २०८०, बिहीबार १५:३९