सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, करिब एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, करिब एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार



काठमाडौं । नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १७.२३ अंक घटेर २०७०.८४ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२५ अंक र फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्से घटेपनि आज नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनी, माई खोला हाइड्रोपावर कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, आज बिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबारमा निर्जीबन बीमा समूहको उपसूचक १३१. ०३ अंकले बढेको छ भने बाकी अधिकांश समूहको उपसुचकमा गिरावट आएको छ । बैंकिङ समूहको १०.६९, विकास बैंक १२.२९,वित्त १३.३९, जलविद्युत ०.६८, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ११०.५९ अंक, जीवन बीमा १२६.४९ र होटल तथा पर्यटन क्षेत्र ८८.८८ अंक घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ११ पुष २०८०, बुधबार १५:३६