हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रिइन्सुरेन्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो

यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ ।

३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हिमालयन रिइन्सुरेन्स कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।

प्रकाशित : ११ पुष २०८०, बुधबार १०:५२