अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन, ६ अर्ब २७ कराेडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन, ६ अर्ब २७ कराेडकाे काराेबार



काठमाडौं । अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से बिहीबार भने करेक्सन भएकाे छ । आज बजार ३२.७७ अंकले घटेर परिसूचक २१०९.१० को बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन ३५.३९ अंकले बढेर परिसूचक २१४१.८७ को बिन्दुमा पुगेर बन्द भएको थियो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ं४४ अंक घटेको छ।

३०० कम्पनीको १ करोड ७१ लाख ७२ हजार कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब २७ कराेड ४३ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा अधिकांश समूहको उपसुचकमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूहको उपसूचक १४२ अंक र टेड्रिङ समूहको उपसूचक १७.३३ अंकले बढेको छ । साथै, होटल तथा पर्यटन क्षेत्र १७८.६१ अंक र निर्जीबन बीमा समूहको उपसूचक ८२.२८ अंकले, बैंकिङ समूहको २३.४३, विकास बैंक १३५.१६, वित्त ५८.३६, जलविद्युत ७.९३, जीवन बीमा ३२९.०५, माइक्रोफाइनान्स ७८.१३, अंकले घटेको छ । कारोबारमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १५:५२