एचआईडिसिएलको लाभांश घोषणा, साधारण सभा पनि आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एचआईडिसिएलको लाभांश घोषणा, साधारण सभा पनि आह्वान



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले लाभांश दिने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल सरकारबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १२:०४