सेयर बजारमा राैनक, ६ अर्ब ८६ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा राैनक, ६ अर्ब ८६ करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजारमा ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३८.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक बढेको छ।

३०५ कम्पनीको ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड १४ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । जलविद्युत समूहको उपसूचकमा ७.८३ अंकको गिरावट आएको छ भने बाकी बैंकिङ समूहको २४.४५, विकास बैंक ७३.१३, वित्त ४६.८१, होटल १९७.५०, जीवन बीमा १०५.७८, उत्पादन तथा प्रशोधन १४६.४९, माइक्रोफाइनान्स १९७.०२, निर्जीबन बीमा १३.५३, अनय समूहको उपसूचक २५.५३ अंकले बढेको छ ।

कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ पुष २०८०, सोमबार १५:४८