काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । सभा पुस २३ गते कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाएको छ।
सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
Comment