चुक्ता पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चुक्ता पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद जारी गर्ने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावको सैद्धान्तीक स्वीकृतिको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने छ । प्राधिकरणको स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्ने छ ।

कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ। १७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

प्रकाशित : २ पुष २०८०, सोमबार १३:३९