सेयर बजारमा उछाल: इन्डेक्स २ हजार माथि, सवा ५ अर्बकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उछाल: इन्डेक्स २ हजार माथि, सवा ५ अर्बकाे कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजारमा २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।

२९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको ०.६७ र ट्रेडिङ समूहको उपसूचक ०.२३ प्रतिशतले घटेको छ भने बाकी सबै कम्पनीको सूचकमा हरियाली छाएको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक ५.५५, विकास बैंक २.६५, वित्त १.८१, होटल १.६०, लगानी ३.१२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.९६, निर्जीबन बीमा १.०२, अन्य समूहको उपसूचक २.०७ प्रतिशतले बढेको छ । कारोबारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ कम्पनीको घटेको छ ।

११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १ पुष २०८०, आईतवार १५:४२