काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले यस पटक सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । साधनाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Comment