दुगडले ल्यायो ज्ञान मल्टीग्रेन आटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुगडले ल्यायो ज्ञान मल्टीग्रेन आटा



काठमाडौं  २२ फागुन। केएल दुगड समुहले ज्ञान मल्टीग्रेन आटाको विक्री शुरु गरेको छ । समूहले ७ वटा प्राकृतिक अन्नहरु गहँ, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण बाट तयार आटाको उत्पादन तथा विक्री शुरुवात गरेको हो ।

आटामा शक्ति प्रोटिन,भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुने बताइनुका साथै उक्त तत्वहरु बाट मानिसलाई भरपुर शक्ति प्रदान गरी स्वस्थ्य बनाउँछ ।

साथै शुद्ध गहुँको आटाको तुलनामा यसमा प्राकृतिक अन्नहरुको समिश्रण रहेकोले ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको कम्पनीले जानकारी दिएको छ ।

यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको हो ।

प्रकाशित : २२ फाल्गुन २०७३, आईतवार ०६:५६