चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने



काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगतका वर्षहरू झै यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । यही पौष ५,६ र ७ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने छ ।

उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम् प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार १६:५२