मुलुकको शोधनान्तर डेढ खर्ब बचतमा, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुलुकको शोधनान्तर डेढ खर्ब बचतमा, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मुलुकको शोधनान्तर डेढ खर्ब बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको शोधनान्तर २० अर्ब ३ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो ।

चालु आवको कात्तिक मसान्तसम्ममा अमेरिकी डलरमा भने यस्तो बचत १ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष भने अमेरिकी डलर १४ करोड ९६ लाख अमेरिकी डलर मात्र बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता.३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले
घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७
करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १३:४६