सुनकाे मुल्य ताेलामा २८ सय रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य ताेलामा २८ सय रुपैयाँले बढ्याे



काठमाडौं । केहि दिनदेखि लगातार घटेको सुनको मुल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार ११:२५