नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सो सेयर बिक्रीका लागि पुनर्बीमा कम्पनीको सञ्चालक समितिबाट स्वीकृत गराइसकेको जनाएको छ ।

लिलामी बिक्रीमा ल्याइएको सेयरका लागि हालका संस्थापक र नेपाली नागरिकले पनि ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ नघट्नेगरी इच्छुकले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।

सेयर बाँडफाँटका लागि हालका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने क्रम बढेको छ । बहु सरकारी स्वामित्वको यस कम्पनीको सुशासन कमजोर देखिएको छ । कम्पनीले अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण समेत सार्वजनिक गरेको छैन ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार ११:५७ 12 December, 2023 11:57 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।