बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्राको कारोबार गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्राको कारोबार गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा दोस्रो संशोधन गरेको छ । राष्ट्र बैंकले विनियमावली संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एक्सटेन्सन काउन्टरबाट पनि विदेशी विनिमय कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।

अब बैंकहरुले एकपटक विदेशी विनिमय कारोबारको इजाजत लिएपछि नवीकरण गर्नु नपर्ने भएको छ। यसअघि भने प्रत्येक ५ वर्षमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।

यता, राष्ट्र बैंकले प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएका व्यक्तिले सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेकोे प्रमाण पेश गरेमा उक्त व्यक्ति वदेशी विनिमयको कारोबार गर्न निवेदन दिने कम्पनीको सञ्चालक वा पदाधिकारी हुन पाउने व्यवस्था थप गरेको छ ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार १८:००