सेयर बजारमा सामान्य गिरावट, कारोबार रकमपनि खुम्चिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकमपनि खुम्चिदै



काठमाडौं । आइतबार नेप्से परिसूचकमा सामान्य गिरावट आएका. छ । आज बजार ७.२९ अंक घटेर १८५१.२३ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक घटेको छ।

सेयर बजार संगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुदाँ ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको ५.६२, विकास बैंक १६.७८, वित्त ९, होटल २७.८४, होटल ८.९५, जीवन बीमा २५.७७, उत्पादन तथा प्रशोधन ११.१९, निर्जीबन बीमा ४२.०४ अंकले घटेको छ ।

कारोबारमा थ्री स्टार हाईड्रोपावर, सबैको लघुवित्त वित्तीय संस्था, इङवा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी आरबी आईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज पाचँ करोड ९५ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १५:४३