सुनको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर



काठमाडौं । अघिल्लो तीन दिन रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम भएको रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १८ हजार ७५० रुपैयाँ छ । यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय २० रुपैयाँ कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०४४.०९ डलर र चाँदी प्रतिऔंस २४.९७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : 30 November, 2023 12:24 pm