राष्ट्र बैंकले भन्यो, कल डिपोजिटको व्याज दर साधारण सरह बनाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले भन्यो, कल डिपोजिटको व्याज दर साधारण सरह बनाउ



काठमाडौं १९ फागुन । राष्ट्र बैंकले मौद्रिक नीतिको अद्र्धबार्षिक समिक्षामा कल निक्षेपको व्याज दर साधारण बचतभन्दा बढि नहुने व्यवस्था गरेकोमा त्यसको लागि सीमा तोकेको छ । हालै केन्द्रिय बैंकले मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको थियो ।

बैंकहरुले कल निक्षेपको व्याज बचत खाताभन्दा बढि नहुने गरि २०७४ चैतसम्ममा नियमित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । फागुन मध्य अवधि सम्मपनि कतिपय बैंकले कल निक्षेपमा १० प्रतिशत व्याज दर दिइरहेकै थिए ।

एकै व्यक्ति वा संस्थामा बैंकहरुले गरेको १ अर्बभन्दाबढि लगानीलाई २०७४ असारसम्ममा सहवित्तीयकरण कर्जामा  परिणत नगरे सुक्ष्म निगरानी अनुसार जोखिम प्रावधान राख्न  निर्देशन दिएको छ ।  व्यवस्था अनुसार अब बैंकहरुले नियम पालना नगरे कर्जा गएको रकमको ५ प्रतिशत हर्जना स्वरुप छुट्याउनु पर्ने हुन्छ । मौद्रिक नीतिको अद्र्धबार्षिक समिक्षामा गरिएको व्यवस्थालाई नै राष्ट्र बैंकले निर्देशित गरेको हो ।

राष्ट्र बैंकले  उत्पादनशील क्षेत्रमा गएको र युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धि कार्यविधि २०७१ अनुसार दिइने थप कर्जाको ५० प्रतिशतसम्म रकमलाई सीसीडी रेसियोमा गणनाको क्रममा लिन नपर्ने व्यवस्था पनि गरेको छ । ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण बुझाएर त्यस्तो कर्जालाई बैंकहरुले खराब कर्जामा वर्गिाकरण गरेर कर्जा असुलीको प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार १२:४९