सुनको मुल्य बृद्धि, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बृद्धि, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख १६ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १६ हजार ३५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको एक लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार ११:५०