नेप्सेमा ८१ अर्ब भन्दा बढीकाे विकास ऋणपत्र सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ८१ अर्ब भन्दा बढीकाे विकास ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्रबैंकद्वारा निष्कासन गरिएको कुल ८१ अर्ब २५ करोड बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

६ वर्षे अवधीका लागि २०८६ “ज” नामक ६ अर्ब ८० कराेड रुपै‌या, २०८६ “झ” नामक १० अर्ब रुपै‌या, २०८६ “ट” नामक ८ अर्ब ८० कराेड , २०८६ “ञ” नामक ५ अर्ब ६० कराेड रुपै‌या र २०८६ “ठ” नामक ६ अर्ब ९५ कराेड रहेकाे छ । त्यस्तै, ५ वर्षे अवधी भएको ऋणपत्र २०८५ “ञ” नामक १० अर्ब रुपै‌या तथा ८ वर्षे अवधी भएको २०८८ “ग” नामक १३ अर्ब १० कराेड , २०८८ “ङ” नामक १० अर्ब रुपै‌या र २०८८ “घ” नामक विकास ऋणपत्रका लागि १० अर्ब रुपै‌या सूचीकृत गरिएकाे छ। सबै ऋणपत्रको ब्याजदर ७ प्रतिशत तोकिएको छ ।

२०८० सालमै निष्कासित उक्त ऋणपत्रहरु २०८५ देखि २०८८ सम्म परिपक्व हुनेछन् । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १२:३३