सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको मुल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार ११:३९