काठमाडौं । बिन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको तीन अर्ब २६ करोड २२ लाख ८२ हजार बचत रहेको छ ।
साथै, एक अर्ब तीन अर्ब ६३ करोड ७७ लाख ७७ हजार रुपैंया लगानी गरेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी ५० करोड १४ लाख ९६ हजार रुपैया रहेको छ । कूल संस्थागत पूँजी ३५ करोड ७१ लाख २४ हजार रुपैया रहेको जनाएको छ ।
त्यस्तै, चार अर्ब ५९ करोड ५२ लाख ९५ हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको जगेडा कोषमा ३५ करोड ८ लाख ७० हजार रुपैया तथा २० करोड ६३ लाख ९६ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।
संस्थामा भदौ मसान्तसम्म १८.२४ प्रतिशत अर्थात ५९ करोड ४८ लाख ९४ हजार रुपैया तरलता रहेको जनाएको छ । ५१ हजार ९१९ जना सदस्य संख्या रहेको संस्थामा शैक्षिक बाल बचतकर्ता १० हजार १७० जना रहेका छन् । साथै, ऋणी सदस्य भने ११ हजार ५८४ जना रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।
Comment