बिन्ध्यवासिनी बचत तथा ऋण सहकारीमा ५९ करोड ४८ लाख तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

बिन्ध्यवासिनी बचत तथा ऋण सहकारीमा ५९ करोड ४८ लाख तरलता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बिन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको तीन अर्ब २६ करोड २२ लाख ८२ हजार बचत रहेको छ ।

साथै, एक अर्ब तीन अर्ब ६३ करोड ७७ लाख ७७ हजार रुपैंया लगानी गरेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी ५० करोड १४ लाख ९६ हजार रुपैया रहेको छ । कूल संस्थागत पूँजी ३५ करोड ७१ लाख २४ हजार रुपैया रहेको जनाएको छ ।

त्यस्तै, चार अर्ब ५९ करोड ५२ लाख ९५ हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको जगेडा कोषमा ३५ करोड ८ लाख ७० हजार रुपैया तथा २० करोड ६३ लाख ९६ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा भदौ मसान्तसम्म १८.२४ प्रतिशत अर्थात ५९ करोड ४८ लाख ९४ हजार रुपैया तरलता रहेको जनाएको छ । ५१ हजार ९१९ जना सदस्य संख्या रहेको संस्थामा शैक्षिक बाल बचतकर्ता १० हजार १७० जना रहेका छन् । साथै, ऋणी सदस्य भने ११ हजार ५८४ जना रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १७:०४ 22 November, 2023 5:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।