सामान्य अंकले बढ्याे नेप्से, ७८ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामान्य अंकले बढ्याे नेप्से, ७८ करोडको कारोबार



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । आज बजार ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम खुम्चिएको छ। अघिल्लो कारोबार दिन करिब एक अर्बको सेयर कारोबार भएको बजारमा आज २८८ कम्पनीको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुदाँ ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज बैंकिङ समूहको २.९९, वित्त ५.३८, जलविद्युत १२.६१, जीवन बीमा ५०.३२, उत्पादन तथा प्रशोधन ५७.५०, माइक्रोफाइनान्स ८.४२, अन्य समूहको १०.३२ र ट्रेडिङ समूहको उपसूचक ५.५० अंक बढेको छ । विकास बैंक १३.७५, होटल ३३.०१, लगानी समूह ०.२८ र निर्जीबन बीमा समूहको उपसूचक २२.७३ अंकले घटेको छ ।

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ भने, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ५ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : 8 November, 2023 3:41 pm