आइएमई लाइफद्वारा नेपाली क्रिकेटका खेलाडीलाई २५ लाख बराबरकोे म्यादी जीवन बीमा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

आइएमई लाइफद्वारा नेपाली क्रिकेटका खेलाडीलाई २५ लाख बराबरकोे म्यादी जीवन बीमा प्रदान गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।

आई.एम.ई. लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पु¥याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ ।

युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कं. लिमिटेडले जनाएको छ । साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोहत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको छ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार १६:५९ 5 November, 2023 4:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।