ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाइसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाइसेन्स



काठमाडौं । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार प्राधिकरणले उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो ।

प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ । प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए ।

यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन । ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार १६:२७