दशैं पछि पनि सुुस्तायाे सेयर बजार,कारोबार रकम ७३ करोड ९८ लाख रुपैयाँमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैं पछि पनि सुुस्तायाे सेयर बजार,कारोबार रकम ७३ करोड ९८ लाख रुपैयाँमा सीमित



काठमाडौं । दशैंअघि सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचकले दशैं पछिको पहिलो कारोबार दिन आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ। आज बजार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा झरेको हो ।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब एक अर्बको सेयर कारोबार भएको बजारमा आज २८३ कम्पनीको २७ लाख ४ लाख हजार कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज नेप्सेको सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १७.०४, विकास बैंक ५५.४८, वित्त कम्पनी २३.५३, होटल १२८.१०, जलविद्युत २९.२३, जीवन बिमा १९७.१२, उत्पादन तथा प्रशोधन ५८.१६, माइक्रोफाइनान्स ३४.११, निर्जीबन बिमा समूहको उपसूचक १९२.७२ अंकले घटेको छ ।

आज अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्य भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३५० रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको सेयरमूल्य आज ३५ रुपैयाँ ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको चार करोड ८ लाख ५६ हजार भन्दा बढीको आज सेयर कारोबार भएको छ।

प्रकाशित : १२ कार्तिक २०८०, आईतवार १५:४०