बुडोल सामुदायिक साकोसको “रजत महोत्सव” कार्यक्रम शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकोसको “रजत महोत्सव” कार्यक्रम शुभारम्भ



काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले संस्था सञ्चालनको २५औं वर्ष प्रवेश गरेको अवसरमा “रजत महाेत्सव” कार्यक्रम शुभारम्भ गरेको छ ।

विधिवत दर्ता भएको दिन अर्थात २०५० कात्तिक २ गतेलाई स्मरण गर्दै एवं २०५६ सालमा संस्था सञ्चालनमा आएकाे मितिलाई मध्येनजर गर्दै आज २०८० साल कात्तिक २ गते, बिहिबारको दिन “रजत महाेत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले सामाजिक सञ्जाल फेसबुकबाट एक भिडियो सन्देशमार्फत रजत महाेत्सव शुभारम्भ भएको घोषणा गरे ।

“रजत महाेत्सव” शुभारम्भको अवसरमा संस्थाले रक्तदान कार्यक्रम, बुसा मोबाईल एप प्रयोगको भिडियो रिलिज र दुर्घटना बीमा हस्तान्तरण जस्ता कार्यक्रमहरु समेत सम्पन्न गरेको छ ।

संस्थाको मुख्य कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना रक्तदाताहरुले रक्तदान गरी जीवनदान गर्नुभएको थियो भने मिति २०८०/०१/१९ गते बनेपा–१३, भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका सदस्य बालकृष्ण बुढाथोकीको श्रीमती सुन्तली बुढाथोकीलाई दुर्घटना बीमा अन्तर्गतको रु. १ लाख हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले बुसा माेबाइल एपकाे प्रयाेग कसरी गर्ने तथा कस्ता कस्ता सेवाहरू प्रयाेग गर्न सकिन्छ भन्ने जानकारी सहितकाे अनुशिक्षण भिडियाे समेत फेसबुकमार्फत रिलिज गरे । कात्तिक २ गतेदेखि माघ १६ गतेसम्म संस्थाले विभिन्न कार्यक्रमहरू गरी रजत महाेत्सव भव्यताका साथ सम्पन्न गर्न “रजत महाेत्सव मूल समाराेह सिमिती” समेत गठन गरी सकेकाे छ ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार १४:३७