नयाँ कीर्तिमान कायम गर्दै सुनको मुल्य, तोलामा एक हजार ८०० रुपैयाँ बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नयाँ कीर्तिमान कायम गर्दै सुनको मुल्य, तोलामा एक हजार ८०० रुपैयाँ बढ्याे



काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो।

योसंगै आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

हिजो सुनको मुल्य प्रतितोला फाइन गोल्ड एक लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मुल्य एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार ११:३९