कामना सेवा विकास बैंकको नाफामा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नाफामा उछाल



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा बैंकको नाफामा १८७.५८ प्रतिशतको उछाल आएको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको यस बैंकले समीक्षा अवधि नाफा बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा बैंकको सञ्चालन मुनाफा २०३.३३ प्रतिशतले बढेर १८ करोड ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस बैंकले ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ६.०१ प्रतिशतले घटेर ४९ करोड ९ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । बैंकको वितरणयोग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ।

पहिलो त्रैमासमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.४८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकले ५४ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८.५९ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। बैंकको वार्षिककृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ। पीई रेसियो २०.५१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ।

प्रकाशित : 20 October, 2023 10:59 am