महाकाली बचत तथा ऋण सहकारी संस्थामा तीन कराेड बढी तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महाकाली बचत तथा ऋण सहकारी संस्थामा तीन कराेड बढी तरलता



काठमाडौं । महाकाली बचत तथा ऋण सहकारी संस्थाले असोज महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको सात करोड ५१ लाख ७२ हजार रुपै‌या बचत रहेको छ ।

साथै, चार लाख १० हजार रुपैंया संस्थागत लगानी गरेको छ भने लगानीमा रहेको ऋण आठ करोड ९८ लाख ७२ हजार रहेको छ । यस अवधिसम्म संस्थाको सेयर पूँजी चार करोड ३२ लाख ९६ हजार रुपैया रहेको छ । त्यस्तै, १२ करोड ४९ लाख २७ हजार रुपैया कूल सम्पत्ति रहेको संस्थाको जगेडा कोषमा १८ लाख ८८ हजार रुपैया तथा ३१ लाख ५६ हजार रुपैयाँ अन्य विभिन्न कोषमा रहेको जनाइएको छ ।

असोज मसान्तमा सहकारीमा तरलता २५.७१ अर्थात, तीन करोड ४ लाख ५५ हजार रुपैंया रहेको छ । ३०६ जना सदस्य संख्या रहेको सहकारीमा ५२ जना ऋणी संख्या रहेका छन् ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १७:०८